सुनको मूल्य घट्यो चाँदीको यथावत, कति छ कारोबार मूल्य ?

काठमाडौं, २९ बैशाख । बुधबार छापावाला सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९२ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ९१ हजार ५०० रहेको छ ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने यथावत रह्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here