इनर्जी ड्रिंक्सको धेरै सेवनले स्वास्थ्यमा पार्ने असरकाे बारेमा जानकार हुनुहुन्छ ?

गर्मी मौसमको सुरुवातसंगै इनर्जी ड्रिंक्सको सेवन धेरै मात्रामा हुने गर्दछ । खासगरी युवाहरुले धेरै मात्रामा इनर्जी ड्रिंक्स पिउने गर्छन् ।

फ्रिजमा राखिएका चिसाे इनर्जी ड्रिंक्सले गर्मीमा शितलता र स्फुर्ती प्रदान गर्ने भएपनि यसले स्वास्थ्यमा असर पनि गर्छ, तर यसबारेमा धेरैलाइ जानकारी नहुन सक्छ ।

धेरै मात्रामा इनर्जी ड्रिंक्सको सेवन गर्दा उच्च रक्तचापको समस्याको साथसाथै मुटुको गतिमा समस्या हुने कुरा हालसालै भएको एक अध्ययनले पत्ता लगाएको छ ।

आजभोली बजारमा विभिन्न खालका इनर्जी ड्रिंक्स पाइन्छन् । यस्ता इनर्जी ड्रिंक्सले तत्काल शरीरमा स्फूर्ती पैदा गरेपनि यसको धेरै सेवनले विस्तारै विभिन्न स्वास्थ्य समस्या देखिने पाइएको छ ।

गर्मी बढेसँगै युवाहरुको माग र चाहना यस्ता पेय पदार्थहरुमा धेरै मात्रामा हुने गरेको कारण यसको नकारात्मक प्रभावहरुको सम्बन्धमा जानकारी दिन आवश्यक रहेको पनि उक्त अध्ययनले बताएको छ ।

इनर्जी ड्रिंक्सहरुमा क्याफिन, टौरिन र अन्य उत्तेजक पदार्थहरु धेरै मात्रामा हुने गर्दछ । यस पदार्थहरुले पार्ने समस्याहरुको बारेमा विभिन्न समयमा चर्चा हुने गरेको छ ।

चिकित्सकहरुका अनुसार दिनमा दुईवटा वा दुईभन्दा धेरै इनर्जी ड्रिंक्सहरु सेवन गर्दा मुटुको धडकन अनियमित हुन्छ । जसको कारण मुटुको धड्कन कुनै समयमा तिव्र हुने र कुनै समयमा सुस्त हुने गर्दछ ।

त्यस्तै धेरै मात्रामा इनर्जी ड्रिंक्सको सेवन गर्दा शरीरका अंगहरुमा आवश्यक मात्रामा रक्त सञ्चार नहुने, माेटाेपनाकाे समस्या देखिने र निन्द्रा नलाग्ने समस्या हुने पनि चिकित्सकहरु बताउँछन् ।

यस्ता समस्याहरुलाई समाधान गर्नको लागि नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने र इनर्जी ड्रिंक्सको सेवन कम गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

स्वस्थ मुटुको लागि स्वस्थ जीवनशैली अत्यन्त आवश्यक हुने गर्दछ । दैनिक नियमित व्यायाम र पर्याप्त पानी पिउनुपर्ने पनि चिकित्सहरुको सल्लाह छ ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here