होटेल सोल्टीलाई ‘दी सोल्टी काठमाडौँ’का रुपमा पुनर्ब्रान्डिंग गरिँदै

फाइलफोटो

काठमाडौं, ३१ बैशाख । काठमाडौँको सुप्रसिद्ध पाँच तारे होटेल सोल्टीलाई ‘दी सोल्टी काठमाडौँ’का रुपमा पुनर्ब्रान्डिंग गरिने भएको छ ।

ईन्टरकन्टिनेल्टल होटेल्स ग्रुप (आई एज जी) सँगको व्यवस्थापन सम्झौता समाप्त भएसँगै ‘दी सोल्टी काठमाडौँ’ का नामले पुनर्ब्रान्डिंग गरिन लागिएको हो ।

यसका लागि सम्पूर्ण तयारी पूरा भैसकेको व्यवस्थापनले जानकारी दिएको छ। यो होटेलको व्यवस्थापन तथा सञ्चालन अब सोल्टी होटेल लिमिटेड आफैबाट गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं शहरको मुख्य केन्द्र ताहाचल क्षेत्रमा अवस्थित दी सोल्टी काठमाण्डौं होटेल बिक्रम सम्बत् २०२३ सालमा समुदघाटन भई शुभारम्भ गरिएको थियो ।

होटेल संचालन शुरु भएदेखिनै होटेलले अद्यावधि अविरल रुपमा नेपालमा आतिथ्यसत्कारको विशिष्टता, अत्याधुनिक सुविधा सम्पन्न आतिथ्यताको परिसूचक तथा पर्यायवाचीको रुपमा प्रतिष्ठित एवं शुविख्यात रहेको छ ।

विगत बर्षौ देखि यो उत्कृष्ट होटेल, अतिविशिष्ट पाहुनाहरु, राष्ट्र प्रमुखहरु, लब्धप्रतिष्ठित विशिष्ट व्यक्तित्वहरू, शीर्ष प्रतिष्ठित उद्योगपतिहरु लगायत प्रतिष्ठित हस्तिहरुको काठमाडौं भ्रमणको अवसरमा बसाईको प्राथमिकतामा रही आएको छ ।

होटेल त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुविधाजनक दुरी ८ किलोमिटर टाढा शहरको मुख्य केन्द्र र प्रमुख पर्यटकीय आकर्षण स्थलहरूबाट करिब ४ किलोमिटरको परिधिमा अवस्थित छ ।

लगभग बाह्र एकड जग्गामा सुन्दर हरियाली बागबगैंचा सहितको प्राकृतिक रमणीय वातावरणको दृश्यावलोकन युक्त, सुन्दर आकर्षक वास्तुकलाबाट सुशोभित यस पाँच– तारे होटेलमा अत्याधुनिक सुबिधा सम्पन्न आरामदायी, उच्चस्तरको, मनमोहक ढंगबाट सुसज्जित गरिएका २८५ वटा पाहुना कोठा र विशिष्ट स्तरका सुइटहरू रहेका छन् ।

यसका अतिरिक्त, नेपालमा सुसम्पन्न भएको प्रथम सार्क शिखर सम्मेलनको आयोजना गर्नुपूर्व सो सम्मेलनका लागि विशेष रुपमा डिजाइन गरी निर्माण गरिएका सातवटा वैभवपूर्ण राजकीय सुइटहरू समे त यस होटेलमा रहेका छन् ।

होटेल भित्र अत्यन्त सुविधा सम्पन्न विशिष्ट क्लब फ्लोर तथा क्लब लाउन्ज जस्ता सुविधायुक्त उत्कृष्ट कक्षहरूको कारण विचारशील प्रबुद्ध कर्पोरेट अतिथि पाहुनाहरूको लागि समेत बसाईको पहिलो छनौटमा यो होटेल पर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here