कारोबारको दुईघण्टा: नेप्सले ऐतिहासिक उचाइ चुम्दा ४ अर्ब ८४ करोडको कारोबार

काठमाडौ, ३ जेठ । साताको कारोबारको दोस्रोदिन नेपाल स्टक एक्सेन्च (नेप्से) दुई घण्टा १ बजे सम्ममा १२.९० अंकले बढेको छ । यो सँगै परिसूचक २७५१.४१ को बिन्दुमा पुगेको छ ।

नेप्सले २७५१ विन्दु नै हालसम्मको नयाँ रेकर्ड हो । यसअघि आइतबार सर्वाधिक २७३८ विन्दुको रेकर्ड बनाएको थियो ।

कारोबारमा आएका २०७ कम्पनीको ८७ लाख ७४ हजार १४८ कित्ता शेयर ५२ हजार २७९ पटक खरिद बिक्री हुदाँ ४ अर्ब ८४ करोड ४६ लाख ९७ हजार ७६७ रुपैंया बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका ३ कम्पनीको शेयर मूल्य पोजेटिभ सर्किट लेभलमा बढेको छ । रुरु जलविद्युत्को शेयर मूल्य १० प्रतिशत बढेको छ । राधि र बरुण विद्युत् कम्पनी शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here