सुनचाँदीको मूल्य बढ्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ जेठ । मंगलबार छापावाल सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार ९०० रहेको छ ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्यपनि प्रतितोला ३५ रुपैयाँ बढेर प्रतितोला १३ सय ९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here