८२ प्रतिशत बढ्यो शेयर कर्जा, ९ महिनामा ४१ अर्ब ४८ करोड लगानी

काठमाडौं, ६ जेठ । बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा प्रवाह गर्ने कर्जा ह्वात्तै बढेको छ ।

चालू आर्थिक वर्षको ९ महिनामा (साउन-चैत) बैंक तथा वित्तीय संस्थाले शेयर कजार्मा ८२.३२ प्रतिशतले वृद्धि गरेका छन् ।

चैत मसान्तसम्ममा शेयर धितोमा ९१ अर्ब ८९ करोड रूपैयाँ कर्जा लगानी गरेका छन् । यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ८२.३२ प्रतिशत बढी हो ।

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको चैत मसान्तसम्म जम्मा ५० अर्ब ४० लाख रुपैयाँ शेयर कर्जा लगानी गरेका थिए ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले चालू आवको ९ महिनामा मात्रै थप ४१ अर्ब ४८ करोड शेयर कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ ।

गत असार सम्ममा बैंकहरुले ५० अर्ब ४० करोड ९७ लाख रुपैयाँ शेयर कर्जा लागनी गरेका थिए । ९ महिनामै त्यस्तो कर्जा लगानी ८२ प्रतिशतले वृद्धि भई ९१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

कोरोनाको प्रभाव कम हुँदै गए पनि अझै अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा फर्किन सकेका छैनन्, जसकारण ती क्षेत्रबाट अपेक्षित रूपमा धेरै कर्जा माग हुन सकेको छैन ।

तर शेयर बजार भने निरन्तर रूपमा उकालो लागिरहेको छ । यही अवसरको फाइदा उठाउँदै बैंक तथा वित्तीय संस्थाले शेयर कर्जा विस्तार गरेका हुन् ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो (मार्जिन) कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । यस्तै, मार्जिन प्रकृतिको कर्जा प्रवाहमा शेयर धितोको मूल्यांकन गर्दा १८० दिनलाई (औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ) घटाएर १२० दिनको मूल्यको आधारमा गर्ने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here