सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम तेस्रो, आयुष चौथौं

काठमाडौं, २७ जेठ । भारतीय गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपाली बालकहरु प्रितम आचार्य र आयुष केसी क्रमश तेस्रो र चौंथो भएका छन् ।

जी टिभीबाट आइतबार राती प्रशारण भएको शोको फाईनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए । १४ वर्षिया सुगन्धा दातेले लिटिल च्याम्पको उपाधि हासिल गरिन् भने मोहम्मद फैज दोस्रो भए ।

शो अवधिभर उत्कृष्ट प्रस्तुती दिएका दुवैजना नेपाली बालकहरुले जजहरुको मन जितेपनि भोटिङको आधारमा उनीहरू तेस्रो र चौंथो भए ।

११ वर्षका प्रितम आचार्य ईटहरीका हुन् भने १३ वर्षका आयुष केसी भक्तपुरका हुन् । उनीहरु साथै उमेरदेखि गायनमा संलग्न छन् ।

विस २०७३ मा आयोजना भएको नेपाली गायन रियालिटी शो सुरशाला जुनियर आइडलमा आयुष विजेता भएका थिए भने प्रितम दोस्रो भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here