लाेकसेवाले मागेकाे ९ हजार कर्मचारीकाे विज्ञापन रद्द गर्न निर्देशन

काठमाडाैं, २७ जेठ । स्थानीय तहमा आवश्यक कर्मचारी पदपुर्ती गर्ने भनी लोक सेवा आयोगले गत जेठ १५ गते ९ हजार १ सय ६१ पदका लागि खुलाएको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था समितिले निर्देशन दिएको छ।

समितिको सोमबार बसेको बैठकले विज्ञापन रद्द गर्न निर्देशन दिने निर्णय गरेको हो।

उक्त निर्णय गर्नुअघि समितिले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँगको छलफल गरेको थियो । संविधानको धारा २९३ अनुसार आयोगलाई विज्ञापन रद्द गर्न समितिले निर्देशन दिएको हो ।

समितिको बैठकमा सांसदहरूले लोक सेवाको विज्ञापन समावेशिताको मर्मविपरित भएको भन्दै रद्द गर्नुपर्ने माग गरेका थिए।

समावेशी तरिकाले विज्ञापन नगरिएकाे भन्दै प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले समेत विज्ञापन फिर्ता गर्नुपर्ने माग राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here