मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव

काठमाडौं, ९ जेठ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन र मध्यावधि चुनाव घोषणा गरेकी छिन्।

मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटनसँगै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचनको घोषणा समेत गरेकी हुन्‌।

सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेको दाबी पूर्ण नभएको भन्दै राष्ट्रपति भण्डारीले खारेज गरेपछि मन्त्रिपरिषद् बैठक बसेको थियो।

प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको यो दोस्रोपटक हो। यसअघि उनले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिइन्‌।

​सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो। यो पटक भने बहुमतको सरकारका लागि गरिएको दाबी पूर्ण नभएपछि संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधि सभा स्वतस् विघटन हुने व्यवस्था अनुसार विघटन गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here