नेदरल्याण्डलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधी

काठमाडौं, २७ जेठ । पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधी जितेको छ ।

आईतबार राती पोर्चुगलको स्टेडिओ डो ड्रागाओ रंगशालामा भएको फाईनल खेलमा नेदरल्याण्डलाई १-० गाेलले स्तब्ध बनाउदै पोर्चुगलले उपाधी आफ्नो पोल्टामा पारेको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि खेलको ६० औं मिनेटमा पोर्चुगलका खेलाडी गोन्कालो गुईडेसले गरेको गोल नै निर्णायक गोल बन्न पुग्यो ।

एक गोलले अग्रता कायम गरेसँगै पोर्चुगलले रक्षात्मक खेल खेल्दै नेदरल्याण्डलाई गोल गर्ने मौका नै दिएन ।

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकसँगै सेमीफाईनलमा पोर्चुगलले स्विजरल्याण्डलाई ३-१ गोलले पराजित गरेको थियो भने नेदरल्याण्डले पनि इङ्ल्याण्डलाई ३-१ गोलले नै पाखा लगाएर फाइनलमा स्थान बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here