रेनोको साथमा नयाँ मानक स्थापित गर्ने ओपोको लक्ष्य

काठमाडौं, २७ जेठ । स्मार्टफोन निर्माता कम्पनी ओपोले आफ्नाे रेनाे सिरिजका उत्पादनलाई अझै परिष्कृत गर्ने योजना बनाएको छ ।

कम्पनीले हालै रेनो सिरिजका स्मार्टफोन सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु भने उत्पादन नगर्ने घोषणा गरेको थियाे ।

रेनो र रेनो १० एक्स जुम स्मार्टफोनलाई अझै उत्कृष्ट डिजाइन मार्फत धेरै उपभोक्ता माझ आफ्नो सेवा पु¥याउने सोचबाट कम्पनी अगाडि बढेको ओपोले बताएको छ ।

ओपोका उपाध्यक्ष शेन यीरेनका अनुसार रेनो सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न कम्पनीले आर–सिरिजको उत्पादन बन्द गर्न लागेको हो ।

रेनोमा विशेषगरी ‘क्लासिक हलमार्क’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओपोले उच्च क्यामेरा प्रविधिमा ध्यान केन्द्रित गरेको बताईएको छ ।

नयाँ रेनो १०एक्स जुममा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १० एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप लगायतका विशेषता रहेको कम्पनीले बताएको छ ।
साथै रेनो सिरिजको फाइभजी–रेडी भर्सनपनि सार्वजनिक गर्ने शेनले बताए ।

रेनो भ्यारियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४—ईञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जीबी ¥याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरयुक्त फोनमा तीव्र क्षमता सहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानर पनि उपलब्ध हुने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here