गोरखा र नुवाकोटमा निजी आवास पुर्ननिर्माण गर्न भारतले दियो १ अर्ब ६० करोड

काठमाडौं, २७ जेठ । भारत सरकारले नेपालमा २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको पुर्ननिर्माणमा सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारलाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूत मन्जिव सिंह पूरीले अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितीमा मन्त्रालयका सचिव डा. राजन खनाललाई चेक हस्तान्तरण गरे ।

उक्त सहयोग रकम गोरखा र नुवाकोटमा निजी आवास पुर्ननिर्माणको दोस्रो किस्ताको रुपमा उपलब्ध गराइने छ । सहायता कार्यक्रम अन्तर्गत गत वर्ष पनि नेपाल सरकारले भारत सरकारबाट एकपटक २ अर्ब १० करोड र अर्कोपटक ८० करोड रुपैयाँ गरी २ अर्ब ९० अर्ब प्राप्त गरेको थियो ।

नेपाल सरकारले भूकम्प पछिको आकस्मिक उद्धार तथा राहत र पुर्ननिर्माणमा भारत सरकारले गरेको सहयोगको लागि प्रशंसा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here