ओरालो लाग्याे शेयर बजार, ८.७८ अङ्कले घट्याे नेप्से

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.७८ अङ्कले घटेर १,२७५.८२ अङ्कमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.४३ बिन्दुले घटेर २७२.४६ अङ्कमा झरेको छ । स्टकका अनुसार कूल १७३ कम्पनीको २० लाख ७२ हजार १८२ कित्ता शेयर ६१ करोड तीन लाख १२ हजार १३ रूपैयाँ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका ११ उपसमूहमध्ये तीन उपसमूहको शेयर मात्र बढेको छ ।

विकास बैंक ४.४७, उत्पादन १५.५५ र म्युचुअल फण्ड ०.०७ बिन्दुले बढेको छ । त्यसैगरी बैङ्किङ ५.६१, होटल ३४.०६, जलविद्युत् १६.२९, वित्त ७.४९, निर्जीवन बीमा १२४.३८, अन्य ६.६१, लघुवित्त ११.४९ र जीवन बीमा ६२.४३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज एनआइसी एसिया बैंकको चार करोड १८ लाख ५९ हजार ७८ रूपैयाँमा कारोवार भई शीर्ष स्थानमा रहे । यस्तै शिवम् सिमेन्ट तीन करोड ९० लाख ५० हजार ४३५, सिद्धार्थ बैंक लिमिटेड तीन करोड तीन लाख ९२ हजार ९२७, नेपाल बैंक लिमिटेड दुई करोड ५५ लाख ४० हजार ९७१ र नविल बैंक लिमिटेड संस्थापक शेयर एक करोड ९५ लाख ५६ हजार ३०४ रूपैयाँमा कारोवार भई शीर्ष स्थानमा रहे ।

वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड वित्तीय संस्थाका शेयरधनीले ७.६१ प्रतिशतले कमाए । यस्तै हिमालयन डिस्टिलरी लिमिटेड ४.९६, गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड ४.६४, युनाइटेड मोदी हाइड्रोपावर ४.४६ र ज्योति विकास बैंक लिमिटेडका शेयरधनीले २.६० प्रतिशतले कमाए ।

स्टकका अनुसार तारागाउँ रिजेन्सी होटल लिमिटेड ७.३३, रिलायन्स फाइनान्स लिमिटेड ६.२५, युनिभर्सल पावर कम्पनी लिमिटेड ६.१२, एभरेष्ट इन्स्योरेन्स् कम्पनी लिमिटेड ५.१४ र उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.७८ प्रतिशतले गुमाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here