पौने १५ अर्बको कारोबार हुँदा यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी

काठमाडौं, १३ जेठ । पछिल्लो समय लगातार दैनिक जस्तो नयाँ रेकर्ड बनाउँदै आएको शेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको छ ।

साताको कारोबारको अन्तिमदिन एकैदिन सर्वाधिक कारोबार, सार्वाधिक कित्ता शेयर किनबेचको रेकर्ड बनाएको हो ।

विहिबार २१५ कम्पनीको १४ अर्ब ७६ करोड ८८ लाख ८ हजार ४९२ रुपैयाँ बराबरको ४ करोड १८ लाख १३ हजार ९९४ कित्ता शेयर किनबेच भएका छन् ।

यो कारोबार हालसम्मकै उच्च हो । यसअघि नेप्सेमा २०७७ जेठ १० गते सोमबार १३ अर्ब १७ करोड ५३ लाख बराबरको करोबार भएर नयाँ रेकर्ड कायम भएको थियो ।

त्यसदिन लगानीकर्ताको रोजाइमा कारोबारका आधारमा पहिलो नम्बरमा अपी पावर कम्पनीको शेयर परेको छ । अपी पावरको ४३ करोड २८ लाख ३४ हजार ४०१ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ ।

अरुण काबेली कारोबार आधारमा दोस्रो नम्बरमा परेको छ । त्यसदिन अरुण काबेलीको ३७ करोड ७४ लाख ९ हजार ८८८ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको तेस्रो नम्बरमा चिलिमे कम्पनीको शेयर परेको छ । चिलिमेको ३७ करोड ३ लाख ११ हजार ९९६ रुपैयाँको कारोबार भएको छ ।

कारोबारको चौथो नम्बरमा युनाइटेडमोदी शेयर परेको छ । त्यसदिन मोदीको ३५ करोड ५४ लाख ५८ हजार १२९ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

कारोबारको पाँचौं नम्बरमा नेपाल पूनर्बीमा कम्पनी शेयर परेको छ । त्यसदिन पूनर्बीमा ३० करोड ५१ लाख ८५ हजार ७७४ रुपैयाँ बराबरको शेयर खरिद–बिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here