६९३९ जना कोरोना संक्रमित थपिए, ७२२६ जना संक्रमण मुक्त

काठमाडौं, १३ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ६९३९ जनामा कोरोना संक्रमण संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना ६,९३९ नयाँ संक्रमित भेटिएका हुन् ।

यो सहित नेपालमा कोरोना पुष्टी हुनेको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । देशभर ७ हजार २२६ जना संक्रमित निको भएका छन्।

यो सहित संक्रमण मुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ पुगेको छ । पछिल्ले २४ घण्टामा १०६ जनाको मृत्यु भएको छ ।

हालसम्म मृतकको संख्या ६ हजार ९५१ पुगेको छ भने संक्रिय संक्रमितको संख्या १ लाख १६हजार ४७६ रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here