क्लाउडपत्रिका
काठमाडौं । सुन तस्करीको आशंकामा त्रिभुवन विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् ।
अन्य पदार्थमा धुलो सुन मिसाएर बेल्ट जस्तो बनाई सुन तस्करी गरेको आशंकामा दुबईबाट नेपाल आएका व्यक्तिलाई पक्राउ गरिएको विमानस्थल भन्सार प्रमुख नरायण सापकोटाले बताए ।
‘उसले सुन ल्याएको भनेपनि प्राविधिक परीक्षणले बेल्टमा कस्तो र कति सुन छ भन्ने पत्ता लगाउन नसकेपछी गुणस्तर तथा नापतौल विभागबाट प्राविधिक बोलाएको उनले जानकारी दिए ।