आमाको अनुहारमा सधैं खुसी देख्न चाहानु हुन्छ ? गर्नुहोस् यी काम

काठमाडाैं । संसारमा आमा बुबा नै हुन् जसले सँधै हाम्रो प्रगती र सफलतामा चाहन्छन् ।

हामीलाई संसार देखाउन देखि हुर्काउन बढाउन पढाउन र असल मानिस बनाउन उनीहरुले धेरै ठूलो दुःख कष्ट बेहोरेका हुन्छन् ।

त्यसैले हामीले पनि यती धेरै माया र साथ दिने आमा बुबालाई हरदम खुसी राख्ने कोसिस गर्नुपर्छ ।

तर, आजभोलीको व्यस्त जीवनशैलीको कारण मानिसलाई आफ्नो आमा बुबाको खुसीको लागि समय दिन कहाँ फुर्सद हुन्छ र ?

काम र करियरको पछाडी दौडदादौडदै हामी यती धेरै व्यस्त हुने गर्छौं कि आफूलाई जन्म दिने, हुर्काउने बढाउने र संघर्ष गर्न सिकाउने आमाको खुसीको बारेमा सोच्ने त परको कुरा आमासँग मन खोलेर कुरा पनि गर्न भ्याउँदैनौं ।

त्यस्तै हामीमध्ये धेरै आफ्नो कामको कारणले आमा भएको ठाउँबाट टाढा पुगेका पनि हुन सक्छौं ।

सोच्नुहोस् त हाम्रो यस्तो व्यवहारले आमाको मन कति दुख्छ होला ? त्यसैले हामीले केही समय निकालेर आमालाई खुसी बनाउने प्रयास गर्नुपर्छ ।

आमालाई खुसी बनाउन के गर्ने त?

१. आमासँग उहाँको जीवनको बारेमा सोध्नुस्

यदी तपाईं आफ्नो आमासँग सुखदुःखका कुराहरु गरिरहनु हुन्छ भने तपाईं आफ्नो आमासंग धेरै नजिक हुन सक्नुहुन्छ ।

आमाको जीवनमा घटेका घटनाहरुको बारेमा सोधेर पनि उहाँको मन हल्का बनाउन सक्नुहुन्छ । साथै आमाको समस्याहरुको बारेमा पनि थाहा हुन्छ ।

२. आमासँग सपिङ गर्न जानुहोस्

सम्भव भएसम्म घुम्न र कपडाहरु किन्नको लागि आमासँग जानु राम्रो हुन्छ ।

आमालाई दिनरात घरमा बस्दा बस्दा दिक्क लागेको हुन सक्छ त्यसकारण त्यसरी बाहिर जाँदा आमालाई पनि रमाईलो अनुभव हुन्छ ।

३. दिनमा एक पटक फोन गर्नुस्

पढाई, काम वा अन्य कुनै कारणले तपाई आफ्नो आमाभन्दा टाढा हुनुहुन्छ भने दिनमा एक पटक फोन वा म्यासेज गर्नु राम्रो हुन्छ । यसो गर्दा न तपाईंलाई न आमालाई दुवैलाई एक्लो अनुभव हुँदैन् ।

तपार्इंले आमालाई धेरै लामो म्यासेज गर्ने वा धेरै लामो समयसम्म बोलिरहनु पर्दैन तर, दिनमा एक पटक फोन गरेर सान्चो बिसन्चो सोध्दा मात्रै पनि आमा खुसी हुन सक्नुहुन्छ ।

४. आफ्नो गल्तीमा माफी माग्नुहोस्

कुनै कुनै समयमा आमासँग माफी माग्न धेरै कठिन हुने गर्छ । त्यसकारण आफ्नो कारणले आमालाई नराम्रो अनुभव भएको छ भने त्यस्तो अवस्थामा छिटो माफी माग्नुपर्दछ ।

यस्तो गर्दा आमालाई पनि नराम्रो लाग्दैन् तर, यदि तपाईंले माफी माग्नु भएन उहाँलाई नराम्रो लाग्न सक्छ ।

५. आँफूलाई आइपरेका समस्याहरुको बारेमा भन्नुहोस्

कहिलेकाँही काम गर्दै जाने क्रममा हामीलाई कुनै प्रकारको समस्याहरु आइपर्छन् यस्तो अवस्थामा हामीले आमालाई त्यसको बारेमा जानकारी दिनुपर्छ ।

यस्तो गर्दा उहाँलाई पनि राम्रो लाग्छ । मलाई त सम्झियो नि भन्ने कुुरा आमाले सोच्नुहुन्छ साथै समस्या समाधानका उपायहरु पनि बताउनुहुन्छ ।

यदी तपाईंलाई कसैले राम्रो सँग बुझ्छ र बुझ्ने कोसिस गर्छ भने त्यो आमा नै हो । आमाले तपाईंको समस्यालाई नदेखे जस्तो गर्नुको सट्टा समस्या समाधानको प्रयास गर्नुहुन्छ ।

६. उपहार दिनुहोस्

हुन त आमाको मायालाई मुल्यसँग दाँज्न मिल्दैन उहाँलाई उपहार नै दिनुपर्छ भन्ने पनि होइन् तपाईंले राम्रो काम गरे आमा त्यत्तिकै पनि खुसी हुनुहुन्छ ।

तर, बेलाबखत तपाईंले कुनै उपहार किनेर दिने, उहाँलाई मनपर्ने परिकार बनाएर खुवाउने गरेमा उहाँ अझै खुसी हुनुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here