९१ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच

काठमाडौं, १४ जेठ । नेपालमा ९१.५ प्रतिशत जनसंख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको तथ्यांक सरकारले सार्वजनिक गरेको छ ।

अर्थ मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा गत फागुनसम्ममा ९१.५ जनसङ्ख्यामा आधारभूत खानेपानीको पहुँच पुगेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

आधारभूत सरसफाइको पहुँच शतप्रतिशत नागरिकमा पुगेको पाइएको छ। आधारभूत सरसफाइको पहुँच शतप्रतिशत नागरिकमा पुगेको पाइएको छ ।

सन् २०१५ सम्ममा १५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको गुणस्तरीय खानेपानी सेवाको पहुँच पुगेकामा अहिलेसम्म २३ प्रतिशत नागरिकमा पहुँच पुगेको पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here