निफ्राले कोरोना रोकथाम र उपचारका लागि दियो ४९ लाख

काठमाडौं, १४ जेठ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले सातै प्रदेशका कोभिड–१९ उपचार केन्द्र, अस्पताल र आइसोलेशन केन्द्रहरुलाई रु. ४९ लाख सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग गरेको बताएको छ ।

बैंकले कोरोनाभाइरस महामारी रोकथाम, नियन्त्रण र उपचारको कार्यमा खटिएका सातवटै प्रदेशका अस्पताल तथा आइसोलेसन केन्द्रलाई प्रतिअस्पताल/आइसोलेसन केन्द्र रु. ७ लाखका दरले जम्मा रु. ४९ लाख रकम सहयोग गरेको हो ।

सो रकम प्रदेश १ मा दमक नगरपालिका, प्रदेश २ मा जनकपुर प्रादेशिक अस्पताल, बाग्मती प्रदेशमा पनौती नगरपालिका, गण्डकी प्रदेशमा गोरखा नगरपालिका, लुम्बिनी प्रदेशमा कपिलवस्तु नगरपालिका, कर्णाली प्रदेशमा वीरेन्द्रनगर नगरपलिका र प्रदेश ७ मा महाकाली अस्पताल लाई प्रदान गरिएको छ ।

बैंकले विभिन्न संघसंस्था लाई सहयोग गर्दै आएकोमा मुलुकमा कोभिड–९१ को संक्रमण बाट उत्पन्न विषम परिस्थितिमा तीनै तहका सरकारहरुबाट सोको रोकथाम, नियन्त्रण र उपचारमा भएको पहलकदमीको सराहना समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here