विद्युतीय सवारी चढ्नेलाई सडक कर र भन्सार शुल्कमा छुट

काठमाडौं, १५ जेठ । सरकारले विद्युतीय सवारी सञ्चालन गर्नेलाई सडक कर र भन्सारमा छुट दिने भएको छ।

आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युतीय सवारी चढ्नेलाई ५ वर्षसम्म सडक कर र भन्सार शुल्कमा छुट दिने बताएका हुन् ।

विद्युतीय सवारी उत्पादन गर्ने विश्वका १० वटा कम्पनीलाई नेपाल भित्र्याइनेछ। सवारीका पाटपूर्जा नेपालमै उत्पादन गर्नेगरी उद्योग स्थापना गरी रोजगारी दिइने र नेपाल आउने कम्पनीलाई कर सहुलियत दिइनेछ।

विस २०८८ सम्म साना पेट्रोलियम सवारी विस्थापनको लक्ष्य लिएको सरकारले यसका लागि सुझाव दिन कार्यदल समेत गठन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here