बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?

काठमाडौं, १६ जेठ । साताको पहिलो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारको तुलनामा आइतवार तोलाको २ सय रुपैयाँ बढेको हो । छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९३ हजार ५०० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू। ९३ हजार ३०० मा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here