सार्वजनिक सवारीमा व्यवसायीले गरे गीत बजाउन निषेध

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीका साधानमा गीत संगीत नबजाउन आहृवान गरेको छ ।

    यातायात व्यवस्था विभागले संगीत रोयल्टी तथा मनोरञ्जन कर लिने गरी निर्देशिका जारी गरेपछि महासंघले यातायात व्यवसायी तथा मजदुरहरुलाई गीत संगीत नबनाउन आहृवान गरेको हो ।

    त्यस्तै महासंघले सरकारले संशोधन गरेको यातायात व्यवस्था कार्यविधि निर्देशिकाका सम्बन्धमा छलफल गर्न चैत २६ गते परिषद बैठक पनि बोलाएको जानकारी दिएको छ ।

    बैठकले सरकारले यातायात व्यवस्था विभागमा पञ्जीकरण नभएका सवारीको रुट नवीकरण र दर्ता नगर्ने गरी निर्णयको समीक्षा गर्नेछ ।

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here