सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, १७ जेठ । सोमवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आइतवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार रहेको थियो ।

आज तोलामा २ सयले वृद्धि भइ छापावाला सुन ९४ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य९३ हजार ७ सय रहेको छ ।

आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले वृद्धि भएको छ । आइतवार प्रतितोला चाँदी १३ सय ५५ रहेकोमा आज मूल्य वृद्धि भइ १३ सय ६० कायम भइ कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here