१४ वर्षमा गुराँस लाइफले बनायो १० अर्बको बीमा कोष

काठमाडौं, १७ जेठ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड १४ वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले हालसम्म रु. १० अर्बभन्दा बढिको जीवन बीमा कोष बनाउन सफल भएको बताएको छ । कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ छ ।

गुराँसले १४ औं वर्ष प्रवेशको अवसरमा ‘बीमा पनि बचत पनि, कम बीममा शुल्कमा उचित प्रतिफल पनि’ भन्ने नारा अघि सारेको छ ।

कम्पनीले २०६५ जेठ १७ गते पहिलो बीमा पोलिसी जारी गरी व्यवसाय सुरु गरेको थियो । वार्षिकोत्सवको अवसरमा कम्पनीले कम बीमा शुल्कमा अधिकतम् प्रतिफल दिने प्रतिबद्धत समेत व्यक्त गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here