सुनचाँदीको भाउ बढ्ने क्रम जारी, कति पुग्यो तोलाको ?

काठमाडौं, १८ जेठ । सुनचाँदीको भाउ बढ्नेक्रम जारी छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा तीन सयले बढेको हो ।

सोमबार सुनको मूल्य तोलामा दुई सयले बढेको थियो ।सुन तोलामा ३०० रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ ।

महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम गरेको छ । सोमबार ९४ हजार २०० कायम गरिएको थियो, आइतबार ९४ हजार थियो । यस्तै, तेजाबी सुनको भाउ पनि बढेर तोलाको ९४ हजार पुगेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य बढेर तोलामा १३७० पुगेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here