तिब्बतबाट निःशुल्क २ लाख डोज खोप ढुवानी गर्दै हिमालय एयरलाइन्स

काठमाडौं, १८ जेठ । हिमालय एअरलाइन्स्ले चीनको स्वशासित क्षेत्र, तिव्वत सरकारद्वारा नेपाल«लाई अनुदान सहयोग स्वरुप प्राप्त २ लाख डोज भेरोसेल खोप निःशुल्क ढुवानी गर्ने भएको छ ।

कम्पनीको एयरबसले यही जेठ १८ र १९ गते गरी तिब्वतको कुनमिङ्ग शहरमा चार पटक उडान गरी ती खोपहरु ढुवानी गर्ने उसले बताएको छ ।

हिमालयका ती उडानहरुले भेरोसेल खोपका २ लाख डोजका जम्मा ४ सय १७ वटा बाकस निःशुल्क ढुवानी गर्नेछन् । प्रत्येक पटकको उडानमा हिमालयको एयरबस जहाजले अधिकतम् १ सय ५ वटा खोपका बाकस बोक्नेछ ।

निःशुल्क उडानहरु मध्येका पहिलो कार्गो उडान काठमाडौंबाट सोमबार साँझ २०ः२८ बजे कुनमिङ्गतर्फ उडी मंगलबार विहान ०६ः२८ बजे त्रिभुवन अन्त्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

ती निःशुल्क कार्गो उडान सञ्चालन खर्च करीब रु. २ करोड २५ लाख बराबरको आर्थिक योगदान पु¥याउने कम्पनीको दाबी छ ।

‘राष्ट्रिय संकटको महत्वपूर्ण समयमा यी निःशुल्क कार्गो उडानहरु सञ्चालन गर्नु हाम्रा लागि वास्तवमै गौरवको विषय पनि हो,’ एअरलाइन्स्का अध्यक्ष झो एन्योङ्गले भने ।

हिमालय नेपाली र चिनियाँ संयुक्त लगानीको कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here