निर्माण व्यवसायीलाई धम्कीपूर्ण फोन आउन रोकियो

काठमाडौं, २८ जेठ । निर्माण व्यवसायीहरुलाई धम्कीपूर्ण फोन आउने क्रम करीबकरीब अन्त्य भएको छ ।

गत माघ फागुनदेखि अज्ञात मोबाइल नम्बरबाट फोन गरी पैसा माग्ने र ज्यानकै धम्की समेत आए पछि व्यवसायी त्रसित बनेका थिए । तर, अहिले त्यस्तो क्रम लगभग टुंगिएको नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले बताएको छ ।

‘अहिले त्यस्ता धम्कीपूर्ण फोन आउन करीब रोकिएको अवस्था छ । पहिलेपछिले एक दिनमा २५ जनासम्म व्यवसायीलाई फोनबाट धम्की आउँथ्यो । तर, हिजो एउटा मात्र स्पाम कल आएको छ,’ महासंघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रवि सिंहले भने ।

व्यवसायी र प्रहरीको सहकार्यका कारण धम्की दिनेहरु निरुत्साहित भएको व्यवसायीहरुको भनाइ छ ।

महासंघका पूर्वअध्यक्ष, कार्यसमितिका सल्लाहकार, पदाधिकारी र अन्य निर्माण व्यवसायीहरु अज्ञात नम्बरबाट आउने धम्कीले त्रसित र निरुत्साहित थिए । उनीहरु विकास परियोजनाको फिल्डमा जान समेत डराइरहेका थिए ।

यो पनि पढ्नुसकन्ट्रयाक्टरलाई फोनबाट धम्की, प्रहरीले नसुनेपछि मिडियाको शरणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here