हवाई इन्धनको मूल्य घटाउन पर्यटन मन्त्री ढकालको निर्देशन

काठमाडौं, २० जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन निर्देशन दिएका छन् ।

बिहीबार सरोकारवाला निकायका पदाधिकारीसँग छलफल गर्दै हवाई इन्धनको मूल्य समायोजनका लागि उनले निर्देशन निएको मन्त्रालयले बताएको छ ।

पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल एयरलाइन्सका महाप्रबन्धक डिम प्रकाश पौडेल लगायतसँग उनले छलफल गरेका हुन् ।

हवाई इन्धनको मूल्य महंगो भएको मन्त्री ढकालको भनाइ छ । इन्धनको मूल्य घटाउँदा माग बढ्ने भएकाले निगमको स्टोरेज क्षमता बढाउन आवश्यक जग्गा व्यवस्थापनाका लागि सहयोग गर्न नागरिक उड्डयन प्राधिकरणलाई उनले निर्देशन पनि दिएका छन् ।

हवाई इन्धनको समयानुकुल समायोजन नहुँदा हवाई कम्पनीहरू मारमा परेका छन । अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरूले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here