कोका–कोला फाउन्डेशनले गर्यो क्रियशनलाई अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न सहयोग

काठमाडौँ, २० जेठ । कोका–कोला फाउन्डेशनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियशनलाई सहयोग गरेको छ ।

यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्यको एक हो । यो रकम कोका–कोला फाउन्डेशनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्शनल प्रोटेक्टिभ इक्विपमेन्टका लागि प्रदान गरेको हो ।

नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका युनिट स्थापना गरिने हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा नहुने कोकोकोलाले बताएको छ ।

प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डर सम्म मागको आपूर्ति गर्न सक्ने बताइएको छ ।

यो नयाँ परियोजनाले २० हजार भन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ्ग अक्सिजनको आपूर्ति गर्नेछ । १८ हजारभन्दा बढी बेडमा एक वर्षसम्म नियमित अक्सिजन आपूर्ति गर्न सकिने छ ।
साथै, ५ हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here