अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं, २३ जेठ । सामाजिक सुरक्षा कोषमा आवद्ध संस्था वा कम्पनीहरुले खल्ती डिजिटल वालेटमार्फत कोषमा सिधै रकम जम्मा गर्न सक्ने भएका छन् ।

नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको खल्तीले बताएको छ ।

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक, कपिलमणि ज्ञवालीले सो सम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

योसँगै अब सरकारी र प्राइभेट कार्यालयमा कार्यरत कर्मचारीहरुले खल्ती वालेटबाट कोषमा भुक्तानी गर्न सक्नेछन् । उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अवस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्ने व्यवस्था छ ।

खल्तीका १७ लाख भन्दा बढी प्रयोगकर्ता भएको कम्पनीको दाबी छ ।
यसबाट ६० भन्दा बढी बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेनको टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता सेवा लिन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here