दूर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको भारतीय जहाज

२९ जेठ, काठमाडौं । भारतीय वायुसेनाको हराइरहेको जहाज दूर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । एयरफोर्सको एएन—३२ जहाज १३ यात्रुसहित विगत १० दिनदेखि हराइरहेको थियो ।

एयरफोर्सको टीमले अरुणाञ्चल प्रदेशस्थित लिपो नामक स्थानबाट १६ किलोमिटर उत्तर जंगलको बीचमा दूर्घटनाग्रस्त जहाजका टुक्रा भेटिएको हो । अब उक्त स्थानसम्म पुग्ने प्रयास जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो जहाज खोजीका लाग ३ टोली परिचालित थिए । स्थानीय सेना, वायु सेना र पुलिस तथा सेनाको संयुक्त टोलीले खोजी गरिरहेको थियो । अरुणाञ्चल प्रदेशको सियांग जिल्लाको करीव २५०० वर्ग किलोमिटरको क्षेत्रफलमा सर्च गर्दा उक्त जहाजका टुक्रा देखिएका हुन् ।

भारतीय वायुसेनाको यो जहाजले ३ जुनमा आसामको जोरहाटबाट अरुणाञ्चल प्रदेशका लागि उडेको थियो । जहाज मेचुका एडभान्स ल्याण्डिङ ग्राउण्डमा उत्रनु पर्ने थियो । तर, जहाज अवतरण नहुँदै सम्पर्क बिहिन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here