होण्डा हाइनेस सीबी ३५० को बिक्री खुल्ला, निषेधाज्ञाभर बुकिङ गर्दा ५० हजार छुट

काठमाडौं । नेपाली बजारमा होण्डाको सीबी ३५० डीएलएक्स बाइक मंगलबारदेखि औपचारिक रुपमा बिक्री शुरु गरेको छ। नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले बिक्री शुरु गरेको हो ।

यो मोटरसाइकलको मूल्य ७ लाख ५० हजार निर्धारण गरिएको छ भने सुरुवाती समयमा बुकिङ गर्ने ग्राहकका लागि ५० हजार नगद छुट प्रदान गर्ने कम्पनीले जानएको छ ।

आकर्षक रेट्रो लुक्स मन पराउने बाइकपारखीका लागि निर्मित यो बाइकमा ३५० सिसीको इन्जिन रहेको छ । मोर्डन फिचरले भरिपूर्ण यो बाइक सिंगल टोन ३ विभिन्न रङमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

बाइकमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल कन्सोल, रिङ टाइप विंकरसहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एन्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिटलगायतका विशेषता छन् ।

होण्डा हाइनेस सीबी ३५० मा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू इम्पीटी सूचित गर्ने डिजिटल कन्सोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड स्लीपर क्लच, डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता विशेषता पाउन सकिन्छ ।

सीबी ३५० को तौल १ सय ८१ किलोग्राम छ भने बाइकको अघिल्लो भागमा एलईडी लाइटको प्रयोग गरिएको छ । १७ इन्चको अलोय ह्विलका साथमा सो बाइकमा ट्युबलेस टायर दिइएको छ । होन्डाको हाइनेस सीबी सानो छ तर मेटल बडीका कारण हेभी छ ।

निषेधाज्ञा अवधिभर सो बाइक बुकिङ गर्ने ग्राहकले ५० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ। होन्डाका सोरुमहरु वा होन्डा नेपालको वेबसाइटमार्फत सो बाइक बुकिङ गर्न सकिनेछ। बुकिङका लागि न्युनतम २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ।

बुकिङका लागि यो लिंकमा क्लिक गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here