स्वास्थ्य मन्त्री तामाङको सम्पत्ति: एक सय २५ रोपनी जग्गा,२२ तोला सुन

काठमाडौं, २७ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

मन्त्री तामाङले श्रीमती उषाकला राई र आफूसँग काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ र खोटाङमा गरी १ सय २५ रोपनी जग्गा रहेको विवरण सार्वजनिक गरेका हुन् ।

तामाङको सिन्धुपाल्चोक, काठमाडौं, मोरङ र खोटाङका विभिन्न १४ स्थानमा जग्गा रहेको छ । उनको काठमाडौंको गोकर्णेश्वरीमा एक तले घर र केही जग्गा रहेको जनाएका छन् ।

यस्तै, उनको चलअचल सम्पत्तिमा २२ तोला सुन रहेको छ । त्यसको स्रोत पुर्ख्यौली र खरिद रहेको उनले जनाएका छन् ।यस्तै, उनको विभिन्न बैंकमा ३ लाख २८ हजार रुपैयाँ नगद, विभिन्न कम्पनीको २० रुपैयाँ बराबरको सेयर रहेको जनाएका छन् ।

यसअघि कानुनमन्त्री हुँदा तामाङले ३० तोला सुन, सिन्धुपाल्चोकमा केही जग्गा र श्रीमती उशाकला राईको नाममा मोरङमा भएका जग्गाहरुको विवरण सार्वजनिक गरेका थिए।

तामाङको हाल ३५ लाख ऋण रहेको जनाएका छन् । कानुनमन्त्री छँदा सार्वजनिक गरेको सम्पत्ति विवरणमा ७० लाख रुपैयाँ ऋण रहेकोका अहिले त्यो घटेर ३५ लाखमा आएको बताएका छन् ।

हाल उनको कृषि विकास बैंकमा १६ लाख रुपैयाँ ऋण रहेको र अन्यमा १९ लाख ऋण भएको उल्लेख गरेका छन्।

यसैगरी तामाङको नाममा एउटा मोटरसाइकल र उषाकला राईको नाममा एउटा कार रहेको उल्लेख छ। यसैगरी, मन्त्री तामाङले आफूसँग ३ वटा मोबाइल र २ वटा ल्यापटप भएको खुलाएका छन्।

सार्वजनिक पदभार ग्रहण गरेको ६० दिन भित्र आफ्नो सम्पत्ति विवरण गर्नु पर्ने व्यवस्था छ । सो अनुसार उनले पदभार सम्हालेको एकहप्तामै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

यस्तो छ तामाङको सम्पत्ति विवरण :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here