सरकारको प्रवक्तामा नवनियुक्त सञ्चारमन्त्री नैनकला थापा

काठमाडौं २८ जेठ। मन्त्रिपरिषद बैठकले नवनियुक्त सञ्चार तथा प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।

बिहीबार मन्त्रिपरिषदलाई पूर्णता दिएर बसेको पहिलो बैठकले सञ्चारमन्त्री नैनकला थापालाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चारमन्त्रीलाई दिने प्रचलन छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जिम्मेवारी र अधिकारका विषयमा जानकारी गराएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here