साउदी अरबले तोक्यो हज तीर्थयात्रीका लागि मापदण्ड, कोरोनाको खोप अनिवार्य

फाइलफोटो

काठमाडौं, ३० जेठ । साउदी अरेबियाले यस वर्षको हजमा विदेशी तीर्थयात्रीलाई प्रतिबन्ध लगाउने भएको छ ।

कोरोना भाइरस संक्रमणको डरमा कारण यस वर्ष विश्वभरबाट आउने तीर्थयात्रीलाई मक्का मदिनामा बन्देज लगाइएको हो । साउदी अरबमा रहने र साउदी अरबकै नागरिकलाई मात्रै अनुमति दिइएको छ ।

देशभित्रका नागरिकलाई पनि सीमित संख्यालाई मात्र प्रवेश दिइने साउदी सरकारले स्पष्ट पारेको छ । यसका लागि सबै सुरक्षाका उपाय अपनाउनुपर्ने ब्यवस्था पनि गरिएको छ ।

मापदण्ड अनुसार यसपालि १८ देखि ६५ वर्ष उमेर समूहका नागरिक मात्रै हजका लागि जान पाउने छन् । त्यसैगरी हजमा जानेले कोरोना विरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्नेछ ।

गम्भीर खालको रोग लागेको वा बिरामी परेकाहरु हज जान पाउने छैनन् । अघिल्लो वर्षपनि विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here