एक महिनामा बैंकमा २७ अर्ब निक्षेप थपियो, ३१ अर्ब कर्जा प्रवाह

काठमाडौं, १ असार । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञा घोषणा गरेसँगै आर्थिक गतिविधि घटेपनि बैकिङ कारोबार भने घटेको छैन् ।

गत बैशाख १६ गतेबाट देश अधिकांस जिल्ला निषेधाज्ञाको अवस्थामा छ । निषेधाज्ञाको अवधि जेठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

गत बैशाख मसान्तको तुलनामा कर्जा लगानी ३१ अर्ब रुपैयाँले बढाएका छन् । जेठको अन्तिम सातामा बैंकहरुले निक्षेप १३ अर्ब र कर्जा रकम ८ अर्ब रुपैयाँले बढेको छ । पहिलो साता साढे पाँच अर्ब निक्षेप संकलन गरेर ५ अर्ब लगानी गरेका थिए ।

जेठको दोस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी १० अर्ब रुपैयाँले बढेको थियो ।

जेठ १४ गते देखि जेठ २१ गतेसम्ममा १३ अर्बमात्र निक्षेप संकलन हुँदा ८ अर्ब कर्जा प्रवाह भएको थियो । तथ्यांक अनुसार बैंकहरुले जेठको अन्तिम सातामा सम्ममा ३९ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जुन गत बैशाख महिनाको अन्तिम सातामा ३९ खर्ब ५५ अर्ब रुपैयाँ थियो ।

त्यस्तै, गत बैशाख अन्तिम सातसम्ममा ३६ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेका वाणिज्य बैंकहरुले जेठ अन्तिम सातामा ३६ खर्ब ४२ अर्ब रुपैयाँ लगानी गर्न सफल भएका छन् ।

निषेधाज्ञाका बेला बैंकका सीमित शाखा खुल्नु, मानिसको आवतजावत ठप्पप्रायः हुनु तथा बन्दाबन्दीका बेला औषधि र घर खर्चका लागि मानिसहरुले नगद घरमै राख्नु आदि कारणले निक्षेप संकलन घटेको बैंकरहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here