लक्ष्मी बैंकको मोबाइल मनी– प्रेडिक्ट एण्ड विन, विजेतालाई १ वर्षको इण्टरनेट

काठमाडौं, २ असार । युरो कप २०२१ को उमङ्गमा उत्साह थप्न लक्ष्मी बैंकले एफ–वान सफ्टसँगको सहकार्यमा ‘प्रेडिक्ट एण्ड विन’ योजना शुरु गरेको छ ।

यो अभियान युरो कप २०२१ शुरु भएको दिन जुन ११ देखी अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ । सहभागी ५ जना भाग्यशाली विजेताहरुले ५० एम.बि.पि.एस को १ वर्ष अवधिको ईन्टरनेट निःशुल्क पाउने छन् ।

यो योजनामा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरुले मोबाईल मनी सेवा सुचारु गरेको हुनुपर्दछ र मोबाईल मनीका प्रयोगकर्ताले भने सजिलै एपद्वारा नगद ट्रान्स्फर गरी यसमा सहभागी हुन सक्नेछन् ।

मोबाईल मनी को ’फोन–पे डाइरेक्ट’ वा अन्तरबैंक नगद ट्रान्सफर बाट नगद पठाउँदा प्रोमो कोड राख्ने ठाउँमा आफुले अनुमान गरेको युरो कप विजेता देशको नाम राख्नुपर्नेछ ।
यति गरेपछी नै यस योजनामा सहभागी हुन सकिनेछ ।

विजेता देशको सही अनुमान गर्नुहुने ग्राहकहरु मध्येबाट लक्की ड्र मार्फत ५ जनालाई विजेता घोषणा गरिने र विजेताले १ वर्षको ईन्टरनेट सेवा निःशुल्क पाउने कम्पनीले बताएको छ । यसमा एउटै व्यक्तिले पनि धेरै पटक नगद ट्रान्स्फर गरी धेरै पटक सहभागी हुन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here