सीटीईभीटी तालिम प्राप्त र युवा स्वरोजगार कर्जाको प्रभावकारी शून्य

काठमाडौं, ३ असार । सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको मध्ये दुई शीर्षकमा पाइने सहुलियत कर्जाको प्रभावकारी शून्य देखिएको छ ।

युवा स्वरोजगार कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका आधारमा प्राप्त कर्जाको प्रभावकारिता न्यून देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा यी दुई कर्जामा ५ जनाले मात्र सहुलियत कर्जा लिएका छन् ।

सरकारले निर्धारण गरेको विभिन्न १० शीर्षकमा मध्ये चालु आवको बैशाखसम्मा सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बर बढेपनि शिक्षित युवा स्वरोजगार कर्जा ३ जना र सीटीईभीटी तालिम प्राप्त कर्जामा २ जनाले मात्र लिएका हुन् ।

बैशाख मसान्तसम्म ९५ हजार ८०६ जनाले सहुलियतपुर्ण कर्जा लिएपनि यी दुईमा भने प्रभावकारिता न्यून देखिएको हो ।

अघिल्लो वर्षको पुस मसान्न सम्ममा यी दुवै कर्जा लिनेको संख्या शून्य नै रहेको थियो । अघिल्लो वर्षको पुस मसान्न सम्ममा १८ हजार २ सय ९५ जनाले सहुलियतपुर्ण कर्जा लिएका थिए । असार मसान्तसम्ममा यो संख्या बढेर ३२ हजार ४ सय ४८ पुगेको थियो ।

कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ४३ हजार ९९७ ऋणीलाई १ खर्ब ९ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। दोस्रोमा महिला उद्यमशील कर्जा लिने रहेका छन् । बैशाख महिनासम्ममा ४९ हजार ४५० जनाले महिला उद्यमशील कर्जा लिएका छन् ।

ती महिलाका लागि बैंक तथा वित्तीय संस्थाले ४६अर्ब ४६ करोड रुपैयाँ ऋण प्रवाह गरेका छन् । असार मसान्तसम्म ४ अर्ब ३५ करोड ऋण प्रवाह गरेका थिए ।

बैशाख मसान्तसम्म कृषिका लागि २४ हजार ७६३ जनाले ५४ अर्ब ११ करोड र ६ हजार ६८२ जनाले महिला उद्यमशीलताका लागि ४ करोड ३५ लाख सहुलियतपूर्ण कर्जा लिएका थिए ।

दलित समुदाय व्यवसाय विकासको लागि ८४९ जनाले सहुलियत कर्जा लिएका छन् । त्यसको लागि बैंक तथा वित्तीय संस्थाले ५१ करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

उच्च र प्राविधिक व्यावसायिक कर्जा ८७ जनाले र भूकम्प पीडितका लागि निजी आवास पुनर्निर्माण कर्जा २३१ जनाले लिएका छन् । राष्ट्र बैंकले २०७५ कात्तिक २० मा सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको थियो । यसमध्ये व्यावसायिक कृषि तथा पशुपन्छी कर्जा पुरानै हो । व्यावसायिक कृषि कर्जामा ब्याज अनुदान दिने कार्यक्रम २०७३ मै आएको हो ।

‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यावसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा, भूकम्पपीडितको निजी आवासा निर्माण कर्जामा सहुलियत ऋण दिने व्यवस्था गरेको छ ।

गत वर्ष राष्ट्र बैंकले कार्यविधि संशोधन गर्दौ कपडा उद्योग संचालन गर्न र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका लागिसमेत सहुलियतमा कर्जा पाइने व्यवस्था गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here