यी हुन् सिन्धुपाल्चोक बाढी-पहिरोमा बेपत्ता हुनेहरु, कति भयो क्षति ? (विवरणसहित)

काठमाडौं, ३ असार । अविरल वर्षासँगैको बाढी र पहिरोले सिन्धुपाल्चोकमा वितण्डा मच्चाएको छ।

कयौं मानिस बेपत्ता भएका छन्‌ भने बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा निकै क्षति पुगेको छ।

लगातारको वर्षासँगै आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार डुबानमा परेको छ। केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले बेपत्ता २० जनाको नामावली र अन्य क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।

बाढीका कारण मेलम्ची र हेलम्बुका गरी करिब ९०० जना प्रभावित भएकाे विवरण सार्वजनिक गरिएकाे छ । बाढीमा २० जना हराइरहेकाे, ५ जना घाइते भएकाे र १ जनाकाे लास फेला परेकाे बताइएकाे छ । साथै ५ वटा झाेलुंगे पुन, ४ वटा पक्की पुल र ७ वटा माछा फार्ममा क्षति पुगेकाे समेत विवरणमा उल्लेख छ ।

बाढीमा परी हराइरहेको र तीमध्ये ३ जना भारतीय र ३ जना चिनियाँ नागरिक रहेकाे जनाइएकाे छ ।