१९औं वर्षमा प्रवेश गर्यो आइएमई, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं, ३० जेठ । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमई बुधबारदेखि १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।

रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा ल्याउने उदेश्यले सन् २००१ मा आइएमईले मलेसियाबाट सेवा शुरु गरेको थियो ।

‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाइएको वार्षिकोत्सवमा पानीपोखरीस्थित आइएमइ केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रम समेत आयोजना गरियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित रक्तदान कार्यक्रममा आइएमईका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल सहित कूल ७० जना कर्मचारीहरूले रक्तदान गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई आभार प्रकट गरेका थिए ।

आइएमईले देशभरका ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् आफ्नो सेवा प्रदान गरिरहेको समेत जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here