टिकटकको मासिक प्रयोगकर्ता एक अर्ब ९० लाख, आम्दानी एक वर्षमा १११ प्रतिशत वृद्धि

काठमाडौं । चिनियाँ एप टिकटक विश्वमै सबैभन्दा धेरै प्रयोगकर्ता हुने एप बनेको छ । टिकटकको बारेमा अध्ययन गर्ने संस्था ‘सेन्सर टावर’ को अनुसार टिकटक एक्लैको मासिक प्रयोगकर्ता एक अर्ब ९० लाख पुगेको छ ।

विश्वको सबैभन्दा ठूलो सोसल मिडिया ग्रुपको रुपमा रहेको फेसबुकका मासिक प्रयोगकर्ता २.८ बिलियन रहेका छन् । जसमा फेसबुक, ह्वाट्सएप, म्यासेन्जर, इन्स्टाग्रामका प्रयोगकर्ता समावेश छन् ।

टिकटकको मुख्य कम्पनी बाइटडान्सले सन् २०२० मा ३४ अर्ब ३० करोड अमेरिकी डलर अर्थात् ४० अर्ब ७१ करोड रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

टिकटकको मुख्य कम्पनी बाइटडान्सले प्रस्तुत गरेको पछिल्लो वित्तीय प्रगतिअनुसार कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा १११ प्रतिशतले बढेको हो ।

त्यस्तै मासिक प्रयोगकर्ता एक अर्ब ९० लाख पुगेको सो प्रतिवेदनमा उल्लेख छ । प्राप्त जानकारीअनुसार कम्पनीले सबैभन्दा बढी आम्दानी टिकटकको चिनियाँ भसर्न डुयिनबाट गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here