एनएमबि बैंकको बचतमा उच्च ब्याज, अनलाईनबाटै खाता खोल्न सकिने

काठमाडौं, ४ असार । एनएमबि बैंकले बचत खातामा ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर दिने भएको छ ।

यो बाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्यााज भएको उसको दाबी छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबीले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्घेश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो, बैंकले शुक्रबार जारी गरेको विज्ञप्तिमा बताइएको छ ।

एनएमबि बैंकले हाल देशभरी १ सय ८१ शाखा, १ सय ३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेका छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here