मेलम्ची बाढीको कारण के हो ? यस्तो छ स्थानीय सरकारको जानकारी

काठमाडौं,५ असार । १ असारको रात सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका बासिन्दाका लागि एक कालो रात बन्यो । ६ जनाको मृत्यु र २३ जना आफन्त वेपत्ताको पिडासँगै उनीहरुले आफ्नो सर्वोस्व समेत गुमाए । स्थानीयहरुले दिएको प्रतिक्रिया अनुसार उनीहरुले आफ्नो जिवनकालमा यस प्रकारको प्रलय देखेका थिएनन् ।

गाउँपालिकाको वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरोले नदी थुनेको र आएको बाढीले खोला किनारमा बढी क्षति गरेको गाउँपालिकाको विवरणमा उल्लेख छ ।

गाउँपालिकाले आज सार्वजनिक गरेको विवरण अनुसार चार महिलासहित २३ जना बेपत्ता छन् । वेपत्ता हुनेमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक छन्। गाउँपालिकाको विवरण अनुसार पहिरो र बाढी आउने सम्भावना अझै पनि कायम छ ।

हेलम्बु १ स्थित सेमेसिदाङ हिमालमुनी रहेको भेमाथाङ्ग चौरमा पहिरो खसेपछि मेलम्ची थुनिएको र त्यसले गर्दा मेलम्चीमा बाढी आएको विपद् विज्ञ डा. रविनराज निरौलाले गाउँपालिकालाई जानकारी गराएका हुन् । त्यस स्थानमा पहिरो खसेर फेरि मेलम्ची थुनिन सक्ने जोखिम रहेको छ । यसले मेलम्ची, हेलम्बु लगायतका क्षेत्रमा ठूलो बाढीको सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here