एनआइसी एशियाको ३० लाख कित्ता ऋणपत्र विक्री खुला, कति पाइन्छ ब्याज ?

काठमाडौं, ६ असार । एनआइसी एशिया बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री खुला भएको छ । असार ६ गतेदेखि बैंकले १० वर्ष अवधिको वार्षिक ८.५ प्रतिशत ब्याजदरको ‘एनआइसी ऋणपत्र २०८८’ नामक ऋणपत्र विक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । निष्काशिन कुल ३० लाख ऋणपत्रमध्ये १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ भने १२ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको ऋणपत्रमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै ऋणपत्र विक्री नभएमा ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ ।लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्रमा लगानीकर्ताले सी आस्वा इजाजत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यस ऋणपत्रमा छिटोमा असार ९ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा असर ३० गतेसम्म आवेदन दिन सकिने छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम १५ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्ने छ ।

मेरोशेयर अनलाइन र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here