आर्थिक गतिविधि चलायमान हुने गरी उपत्यकाको निषेधाज्ञा लम्ब्याउने तयारी

फाइलफोटो

काठमाडौं, ६ असार । आर्थिक गतिविधिहरु चलायमान हुने गरी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ ।

यस विषयमा छलफल गर्न आज अपराह्न ४ बजे उपत्यकाका तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठक बस्दै छ।

अबको निषेधाज्ञाको मोडल (स्वरूप) कस्तो हुने भन्ने टुंगो लागिसकेको छैन । तर स्रोतको अनुसार सार्वजनिक सवारी–साधनलाई पहिलाकै नियम कायम गर्ने गरि निजी सवारी–साधनको हकमा जोर–बिजोर लागु गरिने तयारी छ ।

अबको निषेधाज्ञा पहिलेभन्दा अरू खुकुलो हुनेछ। स्रोत अनुसार निषेधाज्ञाको अवधि कम्तीमा अरू एक हप्ता थप्नेबारे छलफल भइरहेको छ।

अहिले खाद्यान्न पसल, डिपार्टमेन्टल स्टोर, पुस्तक, ग्यास पसल, तरकारी पसलहरुलाई बिहान ११ बजेसम्म खोल्न दिइएको छ । अब थपिने निषेधाज्ञामा व्यावसायिक अन्य प्रयोजनका पसलहरु पनि सञ्चालन गर्न दिइनेछ ।

यसअघि घोषित निषेधाज्ञाको अवधि भोलि (असार ७ गते) बाट सकिँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here