शेयर बजारमा पहिरो, २०० कम्पनीको मूल्यमा गिरावट

काठमाडौं, ६ असार । साताको कारोबारको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ६३.११ अंकले घटेर २९०५।३२ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २३१ कम्पनीको ११ अर्ब ८१ करोड ९४ लाख २८ हजार २८८ रुपैयाँ बराबरको २ करोड ७३ लाख ४४ हजार ५११ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूह सबैभन्दा धेरै ३३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

जलविद्युत समूह १०१ अंकले घटेको छ। बैंकिङ ३५, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १६५, फाइनान्स ८०, निर्जीवन बीमा २७९, उत्पादन १४९, अन्य ५१, माइक्रोफाइनान्स ११७ र जीवन बीमा समूह ३१० अंकले घटेका छन्।

यस दिन युनियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। त्यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ८.८ प्रतिशतले घटेको छ। बरुण र नेपाल हाइड्रो डेपलपरको मूल्य ८.७ प्रतिशतले घटेको छ।

खानीखोला हाइड्रो, घलेम्दी हाइड्रो, सिइडिबी हाइड्रोको मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ। आज कारोबारमा आएका २३१ कम्पनीमध्ये जम्मा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको मूल्यमा गिरावट आएको छ । १४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ८१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नेपाल इन्स्योरेन्स ४३ करोड र नेशनल हाइड्रो ३३ कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

उच्च अंकले घटेको बजारमा आज युनियन हाइड्रोपावरको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका लगानीकर्ताले सबैभन्दा धेरै करिब १० प्रतिशत गुमाएका छन् ।

नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको नाम सूचीसहित शेयर बजार अस्वभाविक रुपले बढेकोले सजग रहन लगानीकर्ताहरुलाई सार्वजनिक आव्हान गरेसंगै बजार घट्नेक्रम जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here