कोभिड-प्रभावित पर्यटनमा नागरिक लगानी कोषको सापटी, ब्याजदर अन्तर शून्य

काठमाडौं, ६ असार । नागरिक लगानी कोषले पर्यटन क्षेत्रका वचतकर्ताहरुलाई थप ब्याज शुल्क विनै विशेष सापटी दिने योजना घोषणा गरेको छ ।

होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरुले कोषबाट संचालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा कट्टा गरेको रकम सापटी लिन चाहेमा थप ब्याज शुल्क नलिई सापटी प्रदान गर्ने व्यवस्था मिलाइएको हो ।

कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधा अन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनको लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसंग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीहरु तुलनात्मक रुपमा बढि प्रभावित भएकाले यस्तो योजना ल्याइएको कोषले बताएको छ ।

यसले मुलुकको हालको असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु¥याउने आफूले अपेक्षा गरेको उसले आइबार जारी विज्ञप्तिमा जनाएको छ ।

यस सापटीमा कर्मचारी वचत बृद्धि अबकाश कोषले दिने व्याजदर सरह नै लिने व्याजदर निर्धारण गरिएको छ । अर्थात् लिने र दिने ब्याजदरको अन्तर शुन्य रहेको छ ।

यस्तो सुबिधा अतिप्रभावित पर्यटन क्षेत्रसंग सम्वद्ध सहभागीहरुलाई २०७८ पौष मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम सापटी लिएको २ बर्षभित्र फिर्ता गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here