नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपिडितको लागि राहत सामाग्री हस्तान्तरण

काठमाडौं, ६ असार । नेपाल चेम्बर अफ कमर्सले सिन्धुपाल्चोक तथा मनाङका बाढी पिडितहरुको लागि राहत सामाग्री वितरण गरेको छ ।

चेम्बरले त्रिपाल, चामल नून,चिउरा, मस्यौरा तथा दाललगायत सामग्री उपलब्ध गराएको हो ।

उक्त राहत सामाग्री मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्वु तथा मेलम्चीका वाढपिडितका लागि सिन्धुपाल्चोक चेम्वर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाइ अध्यक्ष राजेन्द्र मल्लले हस्तान्तरण गरे ।

साथै चेम्बरले हालैको भिषण बर्षाको कारण उत्पन्न बाढीले सिन्धुपाल्चोकको मेलम्ची तथा हेलम्वु र मनाङमा भएको जनधनको क्षती प्रति नेपाल चेम्बर अफ कमर्सले समबेदना व्यक्त गरेको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बाढिमा परी असामयीक निधन भएकाहरुको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गरेका हुन् ।
उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्ष द्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here