तीन पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीको पहुँच बाहिर

काठमाडौं, ७ असार । मुलकका कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को १० महिनासम्मको तथ्यांक अनुसार कूल ७५३ मध्ये ३ स्थानीय तहमा अझै बैक विहिन रहेको हो ।

बैंकका अनुसार प्रदेशगत रुपमा वाणिज्य बैंकहरुको उपस्थिति प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनीको सबै स्थानिय तहमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

तथ्याङ्क अनुसार बैशाख महिनासम्ममा धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा शाखा पुग्न बाँकी रहेको हो ।

२०७७ बैशाखसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए (तालिका ४) ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७८बैशाख मसान्तमा १३८ रहेको छ । यस मध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८बैशाख मसान्तमा १०,५९८ पुगेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here