सुनको भाउ प्रतितोला ९० हजार नाघ्यो

काठमाडौं, ७ असार । सुनको मूल्य फेरि उकालो लागेको छ । पाँचदिनदेखि लगातार ओरोलो लागि रहेको सुन सोमबार भने बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार सोमबारका लागि कारोबार मूल्य छापावाला सुन प्रतितोला ९० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँ निर्धारण भएको छ।

यसअघि आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा खरिद बिक्री भएको थियो।

चाँदीको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ भएको छ। आइतबार १५ रुपैयाँले घटेर प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here